नियम ४५
कर्जा भुक्तानी म्याद अघि दाबी गर्न सक्ने
: यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा सदस्य संस्थाले कर्जाको भुक्तानी म्याद समाप्त हुनु अगावै त्यस्तो कर्जाको बाँकी सावाँ र व्याज कोषसँग दाबी गर्न सक्नेछ :-

(क) प्राकृतिक प्रकोप परी परियोजना नष्ट भएमा, तर त्यस्तो प्राकृतिक प्रकोप परेको तथ्य सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा स्थानीय तहबाट प्रमाणित भएको हुनु पर्नेछ ।

(ख) क्रणीको मृत्यु भएमा,

“(खप१) निर्यात कर्जाको हकमा कच्चा पदार्थ आयात गर्दा वा तयारी वस्तु निर्यात गर्दा त्यस्तो वस्तु ढुवानी गर्ने सवारी साधन दुर्घटना भएमा,

गा) घितो लिई लगानी गरेको कर्जाको हकमा क्रणीले म्याद नाघेको छ महिनासम्म कर्जाको किस्ता नतिरेको र त्यस्तो कर्जा दुरुपयोग भएको भनी सदस्य प्रचलित कानून बमोजिम धितो लिलाम बिक्री, क्रणी तथा जमानतकर्तालाई कालोसूचीमा राख्ने: लगायतका "कर्जा असूलीको लागि आवश्यक प्रक्रिया पूरा गरेको भएमा,

(घ) क्राणीले कर्जाको दुरुपयोग गरेको कारणले सदस्य संस्थाले लिएको धितो लिलाम बिक्री गर्दा पनि असूल उपर हुन नसक्ने भएमा ।